होम स्टे

यस सामुदायिक वनको उत्तर पट्टी खैरहनी नगरपालीकाको वडा नं. १३ मा थारु, तमाङ होम स्टे र वडा नं. ११ मा दराइ होम स्टेहरु सञ्चालीत छन । स्वदेशी तथा बिदेशी पर्यटकहरुलाई स्थानीय जातजातीको कला संस्कृती ,रितिरिवाज ,भेषभुषा को साथै तिनिहरुको जीवनशैली लाई प्रत्यक्ष रुपमा अनुभुत गर्दै सस्तो र सुलभ किसिमले स्थानीय जातिहरुको परिकारहरुको स्वादमा आरामदायी रुपले बास बस्न सक्नेछन ।

क ) दरै होम स्टे :

दरै जातीको कला संस्कृति, भेषभुषा, रितिरिवाज को साथै दरैहरुको जीवन शैलीलाई प्रत्यक्ष रुपमा बिदेशी तथा स्वदेशी पर्यटकहरुलाई अनुभुत गराउने उदेश्यले यस सामुदायिक वन सँग जोडीएको खैरहनी नगरपालीका वडा नंं.११ मा दरै होम स्टेको स्थापना गरीएको छ । जुन पुर्व पश्चिम राजमार्गको पर्सा देखि ६ कि. मी. दक्षिण र सौराहा देखि ५ कि. मी. पुर्वमा अवस्थित छ । यस होम स्टेमा सुबिधा युक्त एटेज वाथरुम भएको ११ कोठा सहितका २२ बटा बेडहरु छन । जहाँ पर्यटकहरुलाई दराई जातीको मिठो परिकारको स्वाद लिदै नाँचगानको साथमा आरामदायी रात बिताउन सक्नेछन ।

ख ) थारु होम स्टे :

पुर्व पश्चिम राजमार्गको टाँडी देखि ७ कि. मि. दक्षिण तर्फ र सौराहा देखि २ मि. मी. पुर्व तर्फ यस सामुदायिक वनको उत्तर तर्फ पर्ने खैरहनी नगरपालीकाको वडा नं. १३ मा थारु होम स्टे रहेको छ । उक्त होम स्टेमा सुबिधा युक्त एटेज बाथरुम भएको २० कोठा र ४० ओटा बेडरुमहरु छन । जहाँ स्वदेशी तथा बिदेशी पर्यटकहरुले थारु जातिको कला संस्कृती चालचलन भेषभुषाहरुको बारेमा प्रत्यक्ष रुपमा अनुभुत गर्न पाउनेछन । साथै थारु जातिको स्वादिष्ट परिकारहरुको पनि स्वाद लिन पाईनेछ । थारु संग्रहालयको अवलोकनको साथै थारु जातीको लाठी नाँच, झम्टा नाँच र आगोको नाँच पनि देखाइन्छ ।

ग) तमाङ होम स्टेः

पुर्व पश्चिम राजमार्गको टाँडी देखि ७ कि. मी.दक्षिण र सौराहा देखि २ कि. मी. पुर्वमा पर्ने यस होम स्टे कुमरोज मध्यवर्ती सामुदायिक वनको उत्तरतर्फ खै.न.पा. वडा नं. १३ मा अवस्थित छ । उक्त होम स्टेमा सुबिधायुक्त बाथरुम सहितको घरहरु छन्  जहाँ बसाइको क्रममा पर्यटकहरुले तमाङ जातिको कला संस्कृति, भेष भुषा तथा जीवन शैलीलाई प्रत्यक्ष रुपमा अनुभुत गर्न पाउनुको साथै तमाङ जातिको मिठो परिकार, गीत संगीत र नाँच पनि हेर्न पाउनेछन् ।