हाम्रो बारे

पुर्व पश्चिम राजमार्गको टाँडी देखी ७ कि.मी.दक्षीण पर्सा देखी ६ कि. मी.दक्षिण र सौराहा देखी २ कि. मी. पुर्वमा अबस्थित यस कुमरोज मध्यवर्ती सामुदायीक बन पुर्व पश्चिम ७.५ कि.मी. र उत्तर दक्षिण ३.५ कि.मी. मा फैलीएर रहेको छ । ६९७ हेक्टर क्षेत्रफल भएको यस सामुदायिक वनलाई ७ खण्डमा बिभाजन गरिएको छ जुन निम्नानुसार रहेको छ ।

खण्ड १ः घडियाल खण्ड
यस सामुदायिक वनको सबैभन्दा पश्चिम पट्टिको खण्ड हो, जुन घडियाल खण्डको नामले चिनिन्छ । खै. न. पा. १३ मा अवस्थित यस खण्डको पश्चिम पट्टि ढुंग्रे खोला रहेको छ, जहाँ पर्यटकहरुको लागि डुङ्गा सयर गर्ने ब्यवस्था मिलाइएको छ । डुङ्गा सयरबाट बिशेषतः घडियाल गोहीको साथै बिभिन्न जलचरहरु, बन्यजन्तुहरु, पंछीहरु देख्न पाइन्छ ।
खण्ड २ः जैविक खण्ड
खै.न.पा. १३ मा अवस्थित यस खण्डलाई जैविक खण्डको नामले चिनिन्छ । यस खण्डको पश्चिमपट्टि ढुंग्रे खोला, दक्षिणतर्फ इचर्नी खोला र चितवन राष्ट्रिय निकुञ्ज छ । यस खण्डमा बिशेष गरि नेपालमा पाइने सबै किसिमको वनस्पतीहरु पाइन्छ । यहाँ १०७ किसिमको वनस्पतीहरु पाइन्छ ।
खण्ड ३ः मयुर खण्ड
यस खण्डलाई मयुर खण्ड पनि भनिन्छ । खै.न.पा. १२ र १३ मा फैलिएको यस खण्डमा विशेषत मयुरको साथै अन्य वन्यजन्तुहरु तथा पंक्षिहरु पनि देख्न पाइन्छ । चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको यस खण्डमा इचर्नी टापु, इचर्नी खोला लगायत बिभिन्न मठ–मन्दिरहरु, गुम्बा, राधास्वामी सत्संग–ब्यास जस्ता धार्मीक सम्पदाहरु प्नि छन् । हात्ती सयर र जीप सयरको प्रबेशद्घार पनि यसैखण्डमा रहेको छ ।
खण्ड ४ः पर्यटन खण्ड
यस खण्डमा प्राय सबैजसो पर्यटकीय क्रियाकलापहरु संचालित भएकोले यस खण्डलाई पर्यटन खण्ड पनि भनिन्छ । यस खण्डमा कंक्रिट मचान, ६ वटा तालहरु, घाँसे मैदान, सिमसार क्षेत्र रहेको छ । त्यसैगरी पर्यटकहरुलाई हात्तीसयर पनि यसै खण्डमा गराइन्छ ।
खण्ड ५ः चित्तल खण्ड
यस खण्डमा अत्यधिक मात्रामा चित्तलहरु पाइने भएकोले यसलाई चित्तल खण्ड भनिन्छ । यस खण्डमा काठे मचान, हेलीप्याड चौर र राप्ती नदिको ड्याक अवस्थित छ ।
खण्ड ६ः ताल खण्ड
यस खण्डलाई ताल खण्ड भनिन्छ । यस खण्डमा दराइ बोटे ताल र राप्तीको ड्याक रहेको छ भने बिभिन्न बन्यजन्तुहरु, पंछीहरु को साथै बिभिन्न किसिमका जलचरहरु पनि देख्न पाइन्छ ।
खण्ड ७ःसंरक्षित खण्ड
यस खण्डलाई संरक्षित खण्डको नामले चिनिन्छ । यस खण्डमा वनस्पतिका बिरुवाहरु उत्पादन गर्ने नर्सरी रहेको छ साथै यस खण्डमा तालहरु पनि छन् ।

यस सामुदायिक वनको पुर्बट्टि साबिक कठार गा.बि.स. को सिमाना,पश्चिम पट्टी चितवन राष्ट्रिय निकुञ्ज र ढुङ्ग्रेखोलाको सिमाना, उत्तरमा खैरहनी नगरपालीकाको वडा नं. १०,११,१२ र १३ को आवादी जग्गा र दक्षिणमा राप्तीनदी रहेको छ ।

बिश्व सम्पदा सुचिमा सुचिकृत चितवन राष्ट्रिय निकुञ्जको काखमा अवस्थित यस मध्यवती  सामुदायिक वन क्षेत्रमा घाँसे मैदान, सिमसार क्षेत्र, ताल तलैयाहरु, खोला नदी आदी प्रशस्त मात्रामा पाइन्छ ।समुदाय द्धारा संरक्षित मध्यवर्ती क्षेत्र तथा नदी तटीय वन भएको हुँदा बिश्वमै दुलर्भ मानिने एक सिंगे गैडा लगायत पाटेबाग, मृग, चित्तल, जरायो, भालु, बदेल, अजिंगर जस्ता बन्यजन्तुहरुको साथै घडियाल गोही, मगर गोही जस्ता जलचर तथा थलचरहरु र ३५० प्रजातीको चराहरुको राम्रो बासस्थान भएकै कारण सोही वन्यजन्तुहरु, चराचुरुंगीहरुको अध्ययन र अवलोकन गर्नको लागि स्वदेशी तथा बिदेशी पर्यटकहरु यस मध्यवर्ती सामुदायिक वनमा आउने गर्दछन् । शान्त, सुन्दर र मनोरम वातावरणको साथै शहरी कोेलाहलबाट टाढा रहेकोले यस वन स्वदेशी तथा बिदेशी पर्यटकहरुको लागि राम्रो गन्तब्य बन्दै गइरहेकोछ ।